जसपा प्रदेश १ ले तेस्रो चरणको आन्दोलन गर्ने

समाचार

1/3/2021

विराटनगर, १९ पुस । प्रतिनिधिसभा विघटन विरुद्ध जसपा मोरङले तेस्रो चरणको आन्दोलन गर्ने भएको छ ।

जसपा मोरङका अध्यक्ष राजकुमार यादवका अनुसार प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलिदानलाई खेर फालेको बताउँदै आन्दोलनको सुरुआत गरेको जानकारी दिए ।

विराटनगरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष यादवले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको विरोधका क्रममा आन्दोलनलाई अघि बढाउने बताएका हुन् ।

जनताको संघर्ष र बलिदानद्वारा प्राप्त उपलब्धी रक्षा गर्न प्रधानमन्त्री ओली असमर्थ रहेको आरोप लगाउँदै यादवले प्रधानमन्त्री ओलीले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम चालेको उल्लेख गरे ।

पत्रकार सम्मेलनका क्रममा यादवले प्रधानमन्त्रीले चालेका अलोकतान्त्रिक कदम खारेज गर्न जनसंघर्षको विकल्प नरहेको बताए ।

पुषको २५ गतेबाट सुरु हुने तेस्रो चरणको आन्दोलनका लागि पार्टी अध्यक्ष उपेन्द्र यादव, पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

त्यसैगरि सोही अवसरमा पुस २९ गते विर्तामोड र माघ ३ गते धरान र माघ ७ गते मोरङको रंगेलीमा जनप्रदर्शन गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ