जसपा र एमालेको वार्ता टोली गठन

समाचार

3/9/2021

काठमाडौं, २५ फागुन । जनता समाजवादी पार्टी नेपालले नेकपा एमालेसँग सत्ता साझेदारीका लागि वार्ता टोली गठन गरेको छ ।

जसपाको वार्ता टोलीमा केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका भने एमालेको वार्ता टोलीमा सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल रहेका छन् ।

दुई पार्टीको वार्ता टोलीबीच सत्ता सहकार्यलगायतका विषयमा छलफल भएको छ ।

यसअघि २३ फागुनको विहान जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए । त्यसपछि दुई पार्टीले वार्ता टोली बनाएको जसपा स्रोतले बताएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ