जासुसीको आरोपमा दुई पाकिस्तानी अधिकारीलाई भारतद्वारा देश निकालाको घोषणा

समाचार

6/1/2020

नयाँदिल्ली । पाकिस्तानका दुई कूटनीतिक अधिकारीले जासुसी गरेको आरोप लगाउँदै भारतले उनीहरूलाई देशबाट निष्कासित गर्ने घोषणा गरेको छ ।

विदेश मन्त्रालयले दिल्लीस्थित पाकिस्तानको उच्च आयुक्तको कार्यालयमा कार्यरत ती दुई अधिकारी जासुसीसम्बन्धी गतिविधिमा संलग्न भएको आरोप लगाएको हो । एउटा विज्ञप्तिमार्फत् त्यस्तो बताएको दिल्लीले थप विवरण भने दिएको छैन ।

बीबीसी संवाददाता रोरी ग्यालीमोरले भने, ‘एउटा संक्षिप्त विज्ञप्तीमा भारतको विदेश मन्त्रालयले पाकिस्तानका दुई अधिकारीले कूटनीतिक हैसियत अनुसार नमिल्ने व्यवहार गरेको जनाएको छ ।’

ती कूटनीतिक अधिकारीहरूले २४ घण्टाभित्र भारत छोड्नुपर्नेछ । पाकिस्तानले भने प्रतिक्रियामा भारतको त्यस्तो घोषणालाई कूटनीतिक अधिकारीहरूमाथिको यातना र अवरोध भन्दै आलोचना गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ