जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित बस्नुस् : नेपाली दूतावास

समाचार

3/23/2020

काठमाडौं, १० चैत । भारतमा रहेका नेपालीलाई सुरक्षितसाथ भारतमै बस्न नेपाली दूतावासले आग्रह गरेको छ ।

नेपाल–भारत सीमा नाका बन्द भएपछि भारतस्थित नेपाली दूतावासले आफू रहेको ठाउँ नछाड्न भारतमा रहेका नेपालीलाई विज्ञप्तिमार्फत आग्रह गरेको हो ।

दूतावासले भारतको केन्द्रीय र प्रान्तिय सरकारले जारी गरेको निर्देशनहरुलाई पालना गर्न पनि भनेको छ ।

कोरोना नियन्त्रणका लागि भारतले लामो दूरीका सवारीसाधनसहित रेलमा पनि प्रतिबन्ध लगाइसकेको छ ।

भारतमा बढ्दो संक्रमणको असरलाई कम गर्न नेपाल सरकारले सोमबारदेखि लागू हुनेगरी सीमा नाका बन्द गरेको छ ।

‘नियमित बसोबास भएकै स्थानमा सुरक्षितसाथ बस्न तथा अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन यस राजदूतावास हार्दिक अपिल गर्दछ’ दूतावासबाट जारी विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ