जे जति कराउनुस्, देउवा परमादेशकै कारण प्रधानमन्त्री बन्नुभयो : अध्यक्ष ठाकुर

समाचार

7/18/2021

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी नेपाल अध्यक्ष महन्थ ठाकुरले संविधानको जे जति गुणगान गरेपनि प्रधानमन्त्री शेरबहादुर देउवा जनताको आदेशबाट नभई सर्वोच्च अदालतको परमादेशबाट नै आएको बताएका छन् ।

संघीय संसदको आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले मागेको विश्वासको मत दिने घोषणा गर्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवा संविधानको धारा ७६ (५) बाट आएको भन्दै जति दाबी गरिएपनि अदालतको परमादेशबाट आएको तर जनताको जनादेशबाट नआएको उनले दाबी गरेका छन् ।

साथै उनले निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवादसमेत दिएका छन् ।
उनले प्रधानमन्त्रीले जति भए पनि मधेशको मुद्दा समाधान गर्ने कोशिस गरेको बताए । उनले ओलीलाई धन्यवाद समेत दिए ।

साथै उनले यो संविधानकै विरुद्ध आन्दोलन गरेपनि सबैले यही संविधानको दुहाइ दिने गरेको बताए । यो संविधान नै अपूर्ण रहेकोले यस्तो अवस्थाको सिर्जना भएको उनको तर्क थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ