झाडीमा थन्किए एम्बुलेन्स

समाचार

7/12/2021

वीरगञ्ज, २८ असार । पर्साको ठोरी गाउँपालिका–४ विजय बस्ती चोक छेउमै एउटा एम्बुलेन्स थन्किएको छ । मर्मत सम्भारको अभावमा बा१झ ९४५ नम्बरको एम्बुलेन्स थन्किएको हो ।

एकै ठाउँमा लामो समय राखिएका कारण एम्बुलेन्सलाई झाडी र लहराले ढाक्न थालेको छ ।

स्थानीय तहको निर्वाचन हुनुअघि नै भारतीय महावाणिज्य दूतावासले निर्मल बस्ती स्वास्थ्य चौकीका लागि एम्बुलेन्स अनुदान सहयोग गरेको थियो । केही वर्ष एम्बुलेन्सबाट स्थानीयले सेवा पनि पाए ।

गाउँपालिकाले मर्मत गर्न चासा नदिएकोले एम्बुलेन्स थन्किएको स्थानीयको दाबी छ ।

भारतीय दूतावासले नै अनुदानमा दिएको सेढवाको एम्बुलेन्स सञ्चालनमा छ । तर विजय बस्तीको झाडीमा थन्किएको छ ।

गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठ स्थानीयले भनेजस्तो अवस्थामा एम्बुलेन्स नरहेको बताउँछन् । उनका अनुसार लामो समय असुरक्षित तरिकाले राखिएकोले एम्बुलेन्स मर्मत गर्दा धेरै खर्च उठ्ने अवस्थामा छ ।

ठोरीमा गाउँपालिकाले सञ्चालन गरेको तीन वटा, क्लब र आश्रमले सञ्चलान गरेको दुई गरी पालिकामा ५ वटा एम्बलेन्स सञ्चालनमा छ ।

आपतकालीन अवस्थामा बिरामीलाई अस्पताल पु¥याउन एम्बुलेन्स सेवा प्रदान गर्न गाउँपालिका सक्षम रहेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ