झारफुक गर्ने बहानामा २ जनालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार

8/28/2020

बाँके, १२ भाद्र । डुडुवा गाउँपालिका–५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी सोही ठाउँ बस्ने ४० वर्षीय नजिर महमदलाई ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

महमदले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा बुधबार मन्दिरको कुटिमा बोलाई जबरजस्ती करणी गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ