टाउको छिनाएको अवस्थामा शव फेला

समाचार

3/25/2021

सर्लाही, १२ चैत । मलंगवामा टाउको छिनालिएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

मलंगवा नगरपालिका–१० निवासी नागेन्द्र रायका छोरा ३० वर्षीय सुशील रायको शरीरबाट टाउको छिनालेको अवस्थामा बिहीबार शव फेला परेको हो ।

मलंगवा नगरपालिका–९ स्थित पचगछिया चौरीनजिकैको खेतमा रायको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । बुधबार रातिबाटै सम्पर्कविहीन भएका सुशीलको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल पुगेको प्रहरीले बरामद शवभन्दा ६१ मिटर पूर्व टाउको समेत बरामद गरेको छ ।

धारिलो हतियारले घाँटीमा प्रहार गरी सुशीलको टाउको छिनालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (प्रनाउ) मदन कुँवरले जानकारी दिए । हत्यामा संलग्नहरुको पहिचाननजिक पुगिसकिएको समेत प्रहरीले दाबी गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ