टीकापुर घटनामा रेशमलाल चौधरी र लक्ष्मण थारुसहित आठ जनालाई जन्मकैद

समाचार

12/18/2020

काठमाडौं, ३ पुस । टीकापुर घटनामा उच्च अदालत दिपायलले सांसद रेशम चौधरी र थरुहट आन्दोलनका नेता लक्ष्मण थारुसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले सांसद रेशम चौधरी, लक्ष्मण थारु, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो ।

उच्च अदालतले कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद रेशम चौधरीसहित सात जनाको फैसला सदर गरेको जनाइएको छ ।

उच्च अदालतले थरुहट आन्दोलनका नेता लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला सुनाएको हो । यसअघि जिल्ला अदालत कैलालीले थारूलाई तीन वर्षको सजाय सुनाएको थियो । उनी तीनवर्ष भन्दा बढी पुर्पक्षमा रहेकाले जिल्ला अदालतको फैसलापछि छुटिसकेका थिए ।

सो घटनामा कैलाली जिल्ला अदालतका तत्कालीन न्यायाधीश परषुराम भट्टराईको इजलासले २०७५ फागुन २२ गते रेशमसहित १० जनालाई जन्मकैद (२० वर्ष) को फैसला सुनाएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ