मोरङ, ११ बैशाख । सुन्दरहरैचा नगरपालिका–१० खोर्साने केराबारीमा को.१ ख ६५४७ नम्बरको टिपरले स.३ प ६३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बेलबारी नगरपालिका–९ डाँगिहाट बस्ने २६ वर्षीय सुरेश कुमार चौधरीको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका बेलबारी नगरपालिका–११ लक्ष्मीमार्ग बस्ने ३४ वर्षीय रुपेश अधिकारीलाई सुकुना सामुदायिक अस्पताल बिराट चोक हुँदै थप उपचारको लागि नोवेल अस्पताल बिराटनगर रिफर गरिएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया