मोरङ, १८ बैशाख । ग्रामथान गाउँपालिका–२ भृकुटीमा को.१ क ३३४५ नम्बरको टिपर र को.२९ प ४१७० नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक ग्रामथान गाउँपालिका–५ बस्ने ३५ वर्षीय नरेश माझीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया