रुपन्देही, २१ माघ । मायादेवी गाउँपालिका–४ झुलनिपुलस्थित हुलाकी सडकमा लु.२ ख २७०२ नम्बरको टिपर र लु.३९ प ५३१४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
टिपर र मोटरसाइकल ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–४ बनकसिया बस्ने २० वर्षीय रबि कुमार तिवारीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिलक कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया