ट्याक्टरको ठक्करबाट एकको मृत्यु

समाचार

11/5/2020

धनगढी, २० कात्तिक । कैलालीमा ट्याक्टरको ठक्करबाट गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका १ स्थित घोडाघोडी ताल अगाडी भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक सुरेश लामिछानेको मृत्यु भएको हो ।

से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बिहीबार सुखडका सुरेश लामिछाने गम्भिर घाइते भएका थिए ।

उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ