ट्याक्टरको ठक्करबाट कपिलवस्तुमा कामदारको मृत्यु

समाचार

5/11/2021

कपिलवस्तु, २८ बैशाख । शिवराज नगरपालिका–३ मैनारीमा लु.३ त ९०६८ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ट्याक्टरमा काम गर्ने एक कामदारको मृत्यु भएको छ ।

शिवराज नगरपालिका–१ शिवपुर बस्ने १९ वर्षीय राजकुमार थारुको मंगलबार बिहान मृत्यु भएको छ ।

बालुवा लोड गर्ने क्रममा ठक्कर दिँदा उनको मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ