मोरङ, १० साउन । कटहरी गाउँपालिका–२ हल्दिबारीस्थित सडकमा को.२ त १३७६ नम्बरको ट्याक्टरको ठक्करबाट साईकलयात्री जहदा गाउँपालिका–५ बस्ने ५० वर्षीय विलट राजभरको शनिबार बिहान मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया