ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

समाचार

2/10/2021

रुपन्देही, २८ माघ । बुटवल उपमहानगरपालिका–११ शान्ति चोकमा लु.३ त ४६१८ नम्बरको ट्याक्टरले लु.२४ प ६१६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालक तिलोत्तमा नगरपालिका–४ बस्ने ४५ वर्षीय रवि गौतमको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रविको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ