ट्याक्टरले घर अगाडि हर्न बनाएको भन्दै कुटपिट

समाचार

6/18/2021

कपिलवस्तु, ४ असार । बुद्धभूमि नगरपालिका–८ मधुनगरामा ट्याक्टले घर अगाडि हर्न बजाएको बिषयमा कुटपिट हुँदा २ जना घाइते भएका छन् ।

बिहीबार राति घाइते हुनेहरुमा सोही ठाउँ बस्ने रामकुमार कहार र ३५ वर्षीय धर्मेन्द्र कहार रहेका छन् । घाइतलाई उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम रुपन्देही पठाइएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।

लु.४ त १०८९ नम्बरको ट्याक्टरले रामकुमार कहारको घर अगाडि हर्न बजाएको विषयमा भएको विवादमा कुटपिट हुँदा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिङगेबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ