ट्याक्टर दुर्घटनामा एकको मृत्यु

समाचार

2/12/2021

कपिलवस्तु, ३० माघ । विजयनगर गाउँपालिका–६ जुटपानीस्थित सडकमा लु.२ त ५७१७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ ट्याक्टरमा सवार महाराजगंज नगरपालिका–५ बन्जरिया बस्ने २२ वर्षीय कमला प्रसाद मौर्याको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ