कैलाली, १८ माघ । जिल्लाको घोडाघोडी नगरपालिका–१० वन डिभिजन कार्यालय अगाडि सडकमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
म.१ त ५४२ नम्बरको ट्याक्टर र बा.९१ प ४०४ नम्बरको मोटरसाइकल शनिबार राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरुमा सोही नगरपालिका–१० पहलमानपुर बस्ने २३ वर्षीय गोबिन्द बुढा र १८ वर्षीय मान बहादुर बुढा रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया