महोत्तरी, २७ असार । जलेश्वर नगरपालिका–१ स्थित चोकमा ना.६ ख १६३९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने २५ वर्षीया मिन्टु देवी सिंहको शनिबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल जलेश्वर हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया