ट्रकको ठक्करबाट सप्तरीमा दुईको मृत्यु

समाचार

5/11/2021

सप्तरी, २८ बैशाख । हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहामा ना.६ ख ३८६१ नम्बरको ट्रकले साईकललाई मंगलबार बिहान ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा साईकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सत्य नारायण मण्डल र साईकलमा सवार उनकै श्रीमती ४० वर्षीया सुनिता देवी मण्डल रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि भारदह सप्तरी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ