ट्रकबाट झर्ने क्रममा लडेर सहचालकको मृत्यु

समाचार

2/23/2021

कैलाली, ११ फागुन । गौरीगंगा नगरपालिका–३ कुचैनिस्थित सडकमा रोकी राखेको ना.६ ख ४५३८ नम्बरको ट्रकबाट झर्ने क्रममा लडेर ट्रकका सहचालकको मृत्यु भएको छ ।

ट्रकका सहचालक बैतडी पाटन नगरपालिका बस्ने १८ बर्षीय शुसिल चन्दको मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ