ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

समाचार

5/17/2021

बाँके, ३ जेठ । राप्तिसोनारी गाउँपालिका–९ झिझरी खोलास्थित सडकमा ना.६ ख ४९०९ नम्बरको ट्रकले से.३ प ३२१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो मृत्यु हुनेहरुमा सोही गाउँपालिका–८ बस्ने २८ वर्षीय किरण जेबि चौधरी र सोही ठाउँ बस्ने १९ वर्षीय कृष्ण प्रसाद थारु रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ