विरगंज, २३ पुस । मुख्यमन्त्री लालबाबु राउतले ठाकुर राम बहुमुखी क्याम्पस विरगंजका क्याम्पस प्रमुख डा. कुशावाहाको असामयिक निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
५२ वर्षको उमेरमा गए राति निधन भएको कुशवाहाको संस्थापक रहेको ओम इन्टरनेशनल कलेज पुगी मुख्यमन्त्री राउतले उनी प्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
ठाकुर राम क्याम्पसमा अध्यापन गराउँदाको दिनहरुलाई सम्झिदै मुख्यमन्त्री राउतले उनको मिलनसार व्यक्तित्व, शालिन्ता अविस्मरणीय रहने उल्लेख गरे ।
कोरोना कालमै निधन भएको प्राध्यापक प्रमोद गुप्तालाई समेत स्मरण गर्दै मुख्यमन्त्री राउतले उनीहरुको निधनले ठाकुर राम क्याम्पस र विरगंजको समग्र शैक्षिक क्षेत्रलाई अपूर्णीय क्षति भएको बताए ।
उक्त श्रद्धाञ्जलीसभामा जसपा केन्द्रिय सदस्य विरेन्द्र यादव, संघीय परिषद सदस्य सलाउदिन अहमद , ठाकुर रामका पूर्व क्याम्पस प्रमुख डा. प्रमोद कुशवाहा , पिरामेड कलेजका प्रमुख संजय सिंह सहितको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया