ठगी आरोपमा सिरहा कांग्रेसका सदस्य पक्राउ

समाचार

10/13/2020

सिरहा, २७ असोज । प्रहरी थुनामा रहेका मान्छे छुटाइ दिन्छु भन्दै पैसा असुल्ने नेपाली कांग्रेस सिरहा जिल्ला सदस्य रामबाबु यादव पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले सिरहा सदरमुकामबाट पक्राउ गरेको हो ।

गत १८ गते इलाका प्रहरी कार्यालय मिर्चैयाले जुवा खेल्ने आठ जनालाई होलिडे होटलबाट पक्राउ गरेको थियो । सोहीमध्ये सियाराम महतोलाई प्रहरीबाट छुटाइदिन्छु भन्दै ४ लाख रुपैयाँ कांग्रेस नेता यादवले सियारामको परिवारसँग लिएका थिए ।

प्रहरीकाअनुसार पक्राउ परेका नेता यादवले सियारामको दाइ राधेश्यामसँग २० गते दुई पटक गरेर ४ लाख रुपैयाँ लिएको हो । पैसा तिरेर पनि मान्छे नछुटेपछि पीडित परिवारले प्रहरीलाई गुहारेका थिए । प्रहरीले मुद्दा मिलाउने नाममा पैसा असुलेको थाहा पाएपछि नेता यादवलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ