वीरगञ्ज, २१ असोज । प्राध्यापक डा.गोविन्द केसीले उठाएका जायज माग अविलम्ब वार्ताबाट समाधान गर्नुपर्ने भन्दै नेपाली कांग्रेस पर्सा सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
२३ औं दिनसम्म सत्याग्रहमा बसेका डा.केसीको समर्थनमा नेपाली कांग्रेस पर्सा पनि सडकमा ओर्लिएको हो । गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवा भन्दै १९ औं पटक अनशनमा बसेका डा. केसीको समर्थनमा काँग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीको नेतृत्वमा कांग्रेसका नेता तथा पूर्वमन्त्री सुरेन्द्र चौधरी सहितका नेता कार्यकर्ता वीरगन्जको घण्टाघर चौकमा प्ले कार्ड सहित प्रदर्शन गरे । उनीहरु सरकारलाई दबाब दिन २३ मिनेट रोडमा भुइँमा नै बसेर सरकारलाई दबाब दिए ।
पूर्वमन्त्री चौधरीले डा. केसीले उठाएका जायज माग वाताद्वारा समाधान गर्न सरकारलाई केले छेक्यो भनी प्रश्न गरे । माथेमा आयोगले बुझाएको केसीका माग बारेको प्रतिवेदन पनि अविलम्ब कार्यान्वयन गरिनुपर्ने उनले कांग्रेसको जोड रहेको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया