डुबानमा परेकाहरुको उद्धार

समाचार

7/21/2020

नवलपरासी, ६ साउन । नारायणी नदिमा पानीको वहाव बढुन गई पूर्वी नवलपरासी जिल्लाको गैंडाकोट नगरपालिका २ बोट टोलमा रहेको बस्ती डुबानमा परेपछि त्यस ठाउँका सय घर परिवाका स्थानीय बासिन्दाहरुलाई सोही नगरपालिका २ स्थित अक्सफोर्र्ड कलेजको भवन र कालिदास कलेजको भवनमा सारिएको छ ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उनीहरुको उद्धार गरिएको छ ।

यसैगरी पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाँउपालिका ५ स्थित सैनिक टोल र थारु टोलमा नारायणी नदीको बहाव बढेर दुई सय ६२ वटा घर डुवानमा परेपछि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सुस्ताबाट एपीएफ टोली खटिई गई उक्त टोलका वासिन्दाहरुलाई सुरक्षित स्थानमा सारेको छ ।

यसैगरी पूर्वी नवलपरासी जिल्लाको मध्यबिन्दु नगरपालिका २ शेरी भुत्ताहामा नारायणी नदीको बहाब बढेर त्यस ठाउँका करीब १८ वटा घर डुबानमा परेको जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस चोरमाराबाट एपीएपm टोली खटिई गई डुवानमा परेका घरपरिवारहरुलाई आफन्तको घरमा सुरक्षित रुपमा स्थानान्तरण गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ