कैलाली, १७ चैत । जिल्लाको दुई छुट्टाछुट्टै ठाउँमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।
टिकापुर नगरपालिका–१ ब्लक नम्बर १४ बस्ने लाल बहादुर चौधरीको १५ वर्षीय छोरा आयुस चौधरीको सोही नगरपालिका–८ वनगाउँस्थित कर्णाली नदीमा नुहाउने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।
डुबेर बेपत्ता भएका उनको ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी सत्तिबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा शव फेला पारेको हो ।
यसैगरी कैलाली, बर्दगोरीया गाउँपालिका–५ भुरुवा बस्ने लाल सिंह कठरियाको ९ वर्षीय छोरा कैलाश कठरियाको सोही गाउँपालिका–४ स्थित काडा नदीमा पौडी खेल्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु छ ।
तपाईको प्रतिक्रिया