काठमाडौं, २ फागुन । मधेश जनविद्रोह २०६३ का युवा नेतृत्वकर्ता दीपक झाले मधेश आन्दोलनका मूल एजेन्डा र मिशलाई मधेशका डिलरहरुले तहस–नहस बनाइदिएको आरोप लगाएका छन् ।
तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका धनुषा जिल्ला अध्यक्षसमेत रहेका युवा नेता झाले मधेश विद्रोहको मूल एजेन्डा पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई छोडेर फोरम अध्यक्ष उपेन्द्र यादवलगायतले मधेशसँग धोका गरेको उनको गुनासो छ ।
शनिबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा स्वाधीन मधेश जनअभियान र दिया मधेश नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रममा झाले यस्तो धारणा राखेका हुन् ।
उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीले मात्र मधेशीहरुले समान सहभागिता प्राप्त गर्न सक्ने दाबी गरेका छन् । साथै उनले संसद विघटनको विरोध गर्नुभन्दा यसको खुशियालीमा विजय जुलुस निकाल्नुपर्ने पनि बताए ।
झाले गरेको सम्बोधन :
<iframe src="//www.youtube.com/embed/ra1BHtZFmIM" width="560" height="314" allowfullscreen="allowfullscreen"></iframe>
तपाईको प्रतिक्रिया