डल बनाउने कार्यक्रम उद्घाटन

समाचार

11/2/2020

वीरगन्ज, १७ कार्तिक । वीरगन्ज महानगरपालिका वडा नं.५ वडा समितिको सभाहलमा ३० दिने डल बनाउने कार्यक्रमको उद्घाटन गरिएको छ ।

वडा स्तरीय खर्चीएको २ लाख रकमबाट २० जना मध्यम वर्गका महिलाहरुलाई डल बनाउने तालिम सोमबारबाट दिएको छ ।

युवा जागरण मंच नेपालका अध्यक्ष गिता खनाल र वडा नं.०५ का वडा अध्यक्ष तथा प्रमुख अतिथि प्रदीप चौरसीयाको उपस्थितिमा डल बनाउने तालिमको शुभारम्भ गरिएको थियो ।

वीरगंज महानगरपालिका वडा नं.५ को सहयोगमा यस प्रशिक्षण कार्यक्रम सकिने साथ चरणबद्ध रुपमा महिला विकासका लागी शिपमूलक कार्यक्रम गरिने प्रमुख अतिथि चौरसियाले जानकारी दिएका छन् ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडा नं.५ का अध्यक्ष प्रदिप चौरसीया युवा जागरण मंच नेपालका अध्यक्ष गिता खनाल, वडा सदस्य मञ्जु परियार, नितु श्रेष्ठ, सुरज कुमार कुर्मी, शिव नारायण यादव , नेपाल टेलिभिजनका नेहाल खान र कार्यक्रम सञ्चालन सुरज कुर्मीद्धारा गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ