तीन जनाको घरमा आगलागीबाट साढे १३ लाखको क्षति

समाचार

4/19/2021

कपिलवस्तु, ६ चैत । बिजयनगर गाउँपालिका–१ जौवाबराठ बस्ने मधु रोका मगर, कुमार थापा र लक्ष्मण थापाको घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

आइतबार दिउँसो आगलागी हुँदा तीनै जनाको अन्नपात, लत्ताकपडा, भाँडावर्तन र काठपात पूर्णरुपले जलेर करिब १३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयवासीको सहयोगमा प्रहरीले दुवै ठाउँको आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ