काठमाडौं, १० मंसिर । भारतको जेट एयरवेजले उडान बन्द गरेपछि अन्य एयरलाइन्सले नेपाल उडान गर्ने चासो देखाएका छन् ।
जेट एयरवेज आक्रमक भएपछि नेपाल उडान बन्द गरेका एयरलाइन्सदेखि नयाँले पनि काठमाडौं उडान गर्ने योजना बनाएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भातरको स्पाइस जेटले उडानका लागि प्रक्रिया सुरु गरिसकेको छ । स्पाइसजेट फेरि नेपाल आउन लागेको हो ।
भारतका मुम्बई, दिल्ली, बैंग्लोरबाट काठमाडौं उडान गर्ने भारतीय एयरलाइन्सको योजना रहेको छ । हाल इन्डिगो र एयर इन्डियाले यो भारतीय सहर र काठमाडौंबीच उडान गरिरहेका छन् ।
यो रुटमा नेपाल एयरलाइन्सले पनि उडान गर्छ । हिमालय एयरलाइन्सले उडान अनुमति नपाएको भारत उडानमा भिस्तारा र गो एयरले पनि नेपाल उडान गर्ने योजना बनाएका छन् । टाटा ग्रपको लगानी भएको भिस्तारा एयरले काठमाडौं उडान गर्ने योजना यसअघि नै सार्वजनिक गरेको छ ।
तपाईको प्रतिक्रिया