काठमाडौं, २१ चैत । भारतको राजधानी नयाँदिल्लीमा हालै भएको कार्यक्रमको विषयलाई लिएर भारतको तबलिगी जमातका नेता मौलाना मोहम्मद साद कंधालवीविरुद्ध मुद्दा दायर भएको छ ।
दिल्ली प्रहरीले सरकारको नियम पालना नगरेको भन्दै उनीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
निजामुद्दीन बस्तीमा एक विशाल धार्मिकसभा आयोजना गरेर उनले सरकारको आदेश उल्लंघन गरेको दिल्ली प्रहरीले बताएको छ ।
मार्चको १ देखि १५ तारिखसम्म यो सम्मेलन आयोजना गरिएको थियो । भारतको सरकारले कुनै पनि धार्मिक कार्यक्रममा प्रतिबन्ध लगाएको अवस्थामा दिल्लीमा विशाल धार्मिकसभाको आयोजना गरिएको थियो ।
सोही सभाबाट धेरै मानिसमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको समाचार सार्वजनिक भएसँगै अहिले यो विषयमा भारतमा चर्चामा छ ।
तपाईको प्रतिक्रिया