तबलिगी जमातमा सहभागी भएका २६ जना पर्साबाट पक्राउ

समाचार

4/3/2020

वीरगन्ज, २१ चैत । कोरोना भाइरस संक्रमण फैलाउन भूमिका खेलेको भनिएको मुस्लिमको धार्मिक सभामा सहभागी भई नेपाल प्रवेश गरेको आशंकामा प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ ।

भारतको दिल्लीमा मरगज निजामुद्दिन दरगाहमा आयोजित तीनदिने अन्तर्राष्ट्रिय तबलिगी जमात (धार्मिक सभा) मा सहभागी भई पर्सामा छिरेका ११ जना गाउँको मस्जिदमा ४÷५ दिनदेखि बसेको सूचना गदियानीका गाउँलेले प्रहरीलाई दिएका थिए ।

पर्साको ग्रामीण भेगमा रहेका मदर्शा र मस्जिदमा लुकेर बसेको अवस्थामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पर्साको पटेर्वासुगौली गाउँपालिका– १ कन्चनपुर गदियानीस्थित मदर्शामा लुकेर बसेका ११ जनालाई प्रहरीले बुधबार साँझ नियन्त्रणमा लिएको हो। उनीहरू सबैलाई वीरगन्ज श्रीपुरस्थित सिद्धामार्थ माविको क्वारेन्टाइनमा राखिएको छ ।

दिल्लीको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूजेन्द्र यादवका अनुसार गाउँलेको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ मस्जिदमा बसिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले गदियानीको मदर्शाबाट नियन्त्रणमा लिएका सबै ११ जना रौतहट घर भएका मुस्लिम समुदायका हुन्। रौतहटको यमुनामाई गाउँपालिका ३ हजमीनियाका ६, वडा नम्बर ४ सरुअठाका १, राजपुर नगरपालिका–२ फतुहा महेशपुरका ४ जना छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ