तामाकोसी र भोटेकोसीको विद्युत् बिक्रीका लागि भारतसँग प्रस्ताव

समाचार

4/18/2021

काठमाडौं, ५ बैशाख । नेपाल विद्युत प्राधिकरणले नेपालमा खपत गरेर बढी भएको विद्युत् बिक्रीको स्वीकृतिका लागि भारतमा प्रस्ताव पठाएको छ ।

प्राधिकरणले पहिलो चरणमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत् वर्षाको समयमा बिक्रीका लागि भारतसमक्ष प्रस्ताव पठाएको हो ।

प्राधिकरणले भारतीय ऊर्जा बजारबाट विद्युत् खरिद गर्न स्वीकृति पाएसँगै तत्काल करिब ३० मेगावाट खरिदको प्रक्रिया अगाडि बढाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ