सप्तरी, १० असार । तिलाठी कोइलाडी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल बजेट ३८ करोड ५३ लाख २४ हजार ५६० रुपैयाँ सार्वजनिक गरेको छ ।
बुधबार तिलाठी कोइलाडी गाउँपालिकाको नगरसभाबाट “आर्थिक, सामाजिक, कृषि र पूर्वाधार ः सुशासन र ब्यवहार परिवर्तन विकासको मूल आधार” भन्ने नाराका साथ बजेट सार्वजनिक गरिएको छ ।
कुल बजेटको चालु तर्फ २३ करोड १२ लाख २४ हजार ५६० रुपैयाँ र पूँजिगत तर्फ १५ करोड ४१ लाख रुपैयाँ रहेको जनाइएको छ । तिलाठी कोइलाडी गाउँपालिकाको कुल आन्तरिक आम्दानी ४० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
कूल बजेटमा संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरणतर्फ ११ करोड ५२ लाख र सशर्त अनुदानतर्फ १७ करोड, राजस्व बाँडफाँडबाट ६ करोड ७४ लाख ९४ हजार ५६० रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण तर्फ ७१ लाख ५६ हजार, राजस्व बाँडफाँडबाट ३४ लाख ७४ हजार, सशर्त अनुदानतर्फ ८० लाख, विशेष अनुदानतर्फ ३० लाख र समपुरक अनुदानतर्फ २० लाख तथा युनिसेफबाट ५० लाख रुपैयाँ प्राप्त हुनेछ ।
गाउँपालिकाको आठ वटै वडाहरुलाई आगामी आर्थिक बर्षको लागि वडा सिलिङ अन्तर्गत रु. ६५ लाख तोकिएको अध्यक्ष शतिस कुमार सिंहले जनाएका छन् ।
तपाईको प्रतिक्रिया