राजविराज, १७ बैशाख । एसईई परीक्षामा सहभागी हुने र कक्षा ९ बाट १० मा जाने विद्यार्थीहरुका लागि एफ. एम. बाट “पाठशाला अपना घरेमे” नामका कार्यक्रम बैशाख १८ बिहीबारदेखि सञ्चालन गर्ने भएको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सप्तरीको राजविराजबाट ९४.७ मेगाहर्जमा प्रसारित भइरहेको सि एफ एमको माध्यमबाट विहिवारदेखि पठनपाठन गराउने भएको छ ।
प्रत्येक दिन २ घण्टा दिनको ११ः०० बजे देखि १ः०० बजेसम्म मातृभाषा मैथिली तथा किताबको आधारमा सो कार्यक्रम चलने भएको छ । कोरोना भाइरसको नियनत्रण तथा रोकथामका लागी जारी गरिएको लकडाउनका कारण विद्यार्थीहरु समेत मार्कामा परेका छन् ।
एस. ई. ई. परीक्षामा सहभागी हुने तथा कक्षा ९ बाट १० मा जाने विद्यार्थीहरुलाई लक्षीत गरी कार्यक्रम सञ्चालन गरिएको तिलाठी कोइलाडी गाउँपालिका प्रमुख सतिश कुमार सिंहले जानकारी दिइएको छ । उनका थपे( ’गाउँपालिकाको आईडिबाट लाईभ समेत रहनुका साथै फोटो पठाइ तथा लेखेर विद्यार्थीहरुले आ आफ्ना प्रश्न समेत सोधन सकिने व्यवस्था गरएिको छ ।’
प्रत्येक दिन ४ ओटा विषयको पठनपाठन हुनुका साथै ३० मिनेटको एउटा विषय पढाइ हुने जनाएको छ ।
यो कार्यक्रमले हाम्रो पढाइमा निकै मद्धत पुग्न सक्ने सोहि गाउँपालिकाका पब्लिक माध्यमिक विद्यालय लौनियाँ, तिलाठीमा अध्ययनरत विद्यार्थी रमिता कुमारी मण्डलले बताए ।
उनी भनिन् – ‘लकडाउनका कारण हामीले टियुसन पनि पढन सकेको छैन्, घरबाट नै यसरी रेडियो माध्यमबाट पढन मिलेमा परीक्षामा समस्या हुने छैन् ।’ पढेका कुरा विर्सिन सक्ने सम्भावना थियो अब पढाइमा पनि समस्या नहुने अर्का एस. ई. ई परीक्षार्थी रविन मण्डल बताउछन् ।
तस्बिर : कमल कुमार मण्डल ।
तपाईको प्रतिक्रिया