काठमाडौं, २८ असार । तल्लो अरुण जलविद्युत परियोजना अघि बढाउन एसजेभीएन लिमिटेड इण्डियासँग समझदारी भएको छ ।
६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि नेपाल सरकार, लगानी बोर्डको कार्यालय र एसजेभीएन लिमिटेड इन्डियाबीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र विकासकर्ता कम्पनीको तर्फबाट एसजेभीएन लिमिटेड इन्डियाका अध्यक्ष तथा प्रबन्धनिर्देशक नन्दलाल शर्माले हस्ताक्षर गरेका हुन् ।
पिकिङ रन अफ दि रिभरमा आधारित उक्त परियोजनाको अनुमानित लागत १३०० मिलियन अमेरिकी डलर (२०१७ को दर रेटअनुसार) रहेको बोर्डले जानकारी छ ।
२०७५ चैत १५ मा सम्पन्न लगानी सम्मेलनका अवसरमा उक्त परियोजना लगानीकर्ताबीच प्रस्तुत गर्न लगानी बोर्डको ३५औँ बैठकले अनुमति दिएको थियो ।
तपाईको प्रतिक्रिया