कैलाली, ११ असोज । धनगढी उपमहानगरपालिका–२ बोगटी चोकस्थित कृष्ण सिंहको घरमा तास खलिरहेको अवस्थामा नगद ९ जनालाई ७५ हजार २ सय १० रुपैयाँ र २ गड्डी तास सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा कञ्चनपुर कृष्णपुर नगरपालिका–९ बस्ने ३४ वर्षीय राम बहादुर ऐर, भिमदत्त नगरपालिका–६ बस्ने ४३ वर्षीय जनक राज जोशी, बझाङ केदारस्यु गाउपालिका–४ बस्ने ३३ वर्षीय नरेन्द्र मल्ल, सोही ठाउँ बस्ने २८ वर्षीय मिलन भण्डारी, कैलाली धनगढी उपमहानगरपालिका–२ बस्ने ४० वर्षीय पवन भाट, सोही उपमहानगरपालिका–१ बस्ने २७ वर्षीया नितु चन्द, सोही उपमहानगरपालिका–२ बस्ने ३८ वर्षीय दिल बहादुर सिंह, सोही उपमहानगरपालिका–३ बस्ने ३८ वर्षीय शेर बहादुर साउद र चुरे गाउँपालिका–३ बस्ने ३८ वर्षीय नर बहादुर धामी रहेका छन् ।
कृष्ण सिंहको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया