तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

समाचार

11/2/2020

कैलाली, १७ कार्तिक । लम्कीचुहा नगरपालिका–१० तिघ्री बस्ने चन्द्र देबकोटाको घरमा तास खेलिरहेको अवस्थामा देबकोटा समेत १० जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

देबकोटाको घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९० हजार ८ सय ५० रुपैयाँ र ५ गड्डी तास सहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ