तास खेलिरहेका १२ जना पक्राउ

समाचार

9/3/2020

मोरङ, १८ भाद्र । कानेपोखरी गाउँपालिका–७ चालिसबिघेस्थित किशोर लुईटेलको घरमा तास खेलीरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट नगद २ लाख ८९ हजार ५ सय ३१ रुपैयाँ र ४ बुक तास बरामद भएको छ ।

पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका–१ बस्ने ३६ वर्षीय बिमल गुरुङ, सोही नगरपालिका–३ बस्ने ३७ वर्षीय कृष्ण लिम्बु, सोही नगरपालिका–११ बस्ने २८ वर्षीय श्याम लिम्बु तथा ५२ वर्षीय चन्द्र लिम्बु, लेटाङ नगरपालिका–५ बस्ने ३१ वर्षीय समिर तामाङ, झापा बिर्तामोड नगरपालिका–३ बस्ने ३२ वर्षीय लक्ष्मी कुमार तामाङ, सोही नगरपालिका–५ बस्ने २७ वर्षीय संञ्जिव घतानी, झापा हल्दिवारी गाउँपालिका–५ बस्ने ३६ वर्षीय तारा कुमार जोगी, बुद्धशान्ति गाउँपालिका–४ बस्ने ३८ वर्षीय मनिस लिम्बु, सुनसरी धरान उपमहानगरपालिका–१६ बस्ने ३९ वर्षीय रुपजंग लिम्बू, सोही उपमहानगरपालिका–३ बस्ने २९ वर्षीय किरण उदास र ईटहरी उपमहानगरपालिका–२० बस्ने २४ वर्षीय राजन पौडेल रहेका छन् ।

उक्त स्थानमा लुकिछिपी जुवा खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ