तास खेलिरहेका ७ जना पक्राउ

समाचार

9/15/2020

बाँके, ३० भाद्र । बैजनाथ गाउँपालिका–५ रामपुरस्थित गोठमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–६ बस्ने २५ वर्षीय कमल बस्नेत समेत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त गोठमा तास खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नगद ३२ हजार ५ सय रुपैयाँ र ६ गडडी ताससहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ