थप खोप भारतबाट खरिद गरिने : स्वास्थ राज्यमन्त्री

समाचार

2/15/2021

काठमाडौं, ३ फागुन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले दुई करोड १६ लाख नागरिकका लागि खोप ल्याउन सरकारले तीव्र तयारी गरिरहेको बताएका छन् ।

माघ २४ देखि दोस्रो चरणको खोप दिने लक्ष्यसहित सरकारले खरिदको तयारी अगाडि बढाएको राज्यमन्त्री रावतले बताए । थप खोप भारतबाट खरिद गरिने र त्यसका लागि बजेट रकम अभाव नहुनेसमेत मन्त्री रावतले बताए ।

स्वास्थ पत्रकार मञ्चले काठमाडौंमा सोमबार आयोजना गरेको कोभिड १९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता विषयक अन्तर्क्रिरयामा उनले यस्तो बताएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ