वीरगंज, २५ साउन । ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी आदर्शनगरले शनिबार शेराजेम अभियान अन्तर्गत थरमल थेरापी कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रम सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानको सभापतित्वमा गरिएको हो । कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर रहेका थिए ।
थरमल थेरापी पद्धतीद्वारा निरोगी रहनको लागि ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले सो कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा ५०० जना भन्दा बढीले थरमल थेरापी उपचारको लाभ लिएका थिए ।
कार्यक्रममा थरमल थेरापी पद्धतीको प्रयोग गर्नाले मानिसको शरीरमा भएको ब्लडप्रेसर, शरीरको विभिन्न अंगहरु दुखेको, पायल्स, बाझोपन, पाठेघर, खुट्टाको समस्या, सुगर एलर्जी, कलेजो र पेटको समस्या, मोटापन, ग्यासट्रिक, कब्जियत लगायतको रोगबाट छुटकारा दिलाउने शेराजेम संस्थाका एक व्यक्तिले जानकारी दिए ।
तपाईको प्रतिक्रिया