थारूहरू अन्तिम विद्रोहको तयारीमा : लक्ष्मण थारू

समाचार

1/17/2021

धनगढी, ४ माघ । कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालतले जन्मकैदको फैसला सुनाएका लक्ष्मण थारुले न्यायका लागि थारूहरू अन्तिम विद्रोहको तयारीमा रहेको बताएका छन् ।

उच्च अदालतको फैसलापछि फरार रहेका थारुले पत्रकार सम्मेलनमार्फत् विद्रोहमा जाने तयारी गरेको बताएका हुन् । उनले भने, ‘हामी विभिन्न पक्षहरुसँग मिलेर दुई किसिमको विद्रोहमा जाने तयारीमा छौं ।’ उनले कानूनी अधिकार प्रयोग गर्दै उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने र सडकमार्फत् पनि विद्रोह गर्ने बताए ।

थारुले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट फैसला लेखेर उच्च अदालत पठाईएको बताउँदै उनले भने, ‘न्याय र अधिकारका लागि भएको आन्दोलनलाई राजनीतिकरुपमा सम्बोधन गरिनुपर्छ ।’ उनले ओलीले संसद विघटन गरेर बेईमानी गरेको आरोपसमेत लगाए ।

उनले सर्तसहित सरकारसँग वार्तासमेत नगर्ने बताएका छन् । जिल्ला अदालत कैलालीको आदेशपछि ३ वर्ष कैद भुक्तान गरेर रिहा भएका थारु उच्च अदालतले जन्मकैदको फैसला सुनाएपछि फरार छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ