दुई पक्षबीच झडप हुँदा रौतहटमा एक जनाको मृत्यु

समाचार

7/9/2021

रौतहट, २५ असार । रौतहटमा दुई पक्षबीच झडप भएको छ । रौतहटको चन्द्रपुरमा दुई समूहबीच झडप भएको हो । झडपमा आठजना घाइते भएका छन् । केही घर र आठवटा मोटरसाइकलमा आगजनी भएको छ ।

झडप देखेर स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु चौधरीलगायत घाइते भएका छन् । घाइतेहरुको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको अनुसार जग्गा सम्बन्धी पुरानो विवादका कारण चन्द्रपुर नगरपालिका वडा नम्बर ८ बस्तिपुरमा गएराति १० बजे दुई पक्षबीच झडप भएको हो ।

विवादमा जगनारायण चौधरी, श्रीराम चौधरी र लक्ष्मी चौधरीको घर तोडफोड भएको छ । आठवटा मोटरसाइकलमा आगजनी भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ