दुई लाख ८० हजार बराबरको चोरीपैठारीको सामान बरामद

समाचार

2/1/2021

रुपन्देही, १९ माघ । जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौलीबाट एपीएफ टोलीले करीब दुई लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान मोबाइल सेट बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल सेट सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद मोबाइल सेट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको एपएिफ टोलीले माघ १९ गते करीब एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ ।

भन्सार छली ल्याउँदै गरेको उक्त सामान सिरहा जिल्लाको भगवानपुर गाँउपालिका ३ अभयनगरस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो ।

एपीएफ टोलीले बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ