दूतावासले मनायो पाँचौं आयुर्वेद दिवस

समाचार

11/13/2020

काठमाडौं, २८ कार्तिक । पाँचौं आयुर्वेद दिवस (धनवंतरी जयंती) को अवसरमा भारतीय दूतावासद्वारा आयुर्वेद क्याम्पस, ईन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन विश्वविद्यालयको सहयोगमा “कोविड–१९ को लागि आयुर्वेद” शिर्षकमा एक वेबिनारका साथै एक अन्तर्राष्ट्रिय निबंध प्रतियोगिता आयोजित गरेको थियो ।

वेबिनारमा भारत, नेपाल र अन्य देशहरूबाट करिब २०० सहभागीहरू उपस्थित थिए । प्यानलिस्टहरुमा भारत र नेपालका ६ प्रख्यात वक्तार आयुर्वेद अभ्यासकहरु थिए जसले आफ्नो विचारहरु र विशेषज्ञता साझा गरेका छन् ।

यस अवसरमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आयुर्वेदका फाइदाहरू र बढ्दो लोकप्रियताबारे प्रकाश पार्ने एक भिडियो सन्देश दिएका थिए ।

कार्यक्रममा सहभागिता जनाएकी मिशन उपप्रमुख नामग्या सी खम्पाले भारत र नेपालको घर–घरमा पाइन्ने बेसारलगायत आयुर्वेदिक उत्पादनको बढ्दो खपतको बारेमा चर्चा गरिन् ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रोफेसर डा. शिवलाल भुसाल र विश्वविद्यालयका अन्य प्रमुख शिक्षाविद्हरू पनि उपस्थित थिए । कार्यक्रमको दौरान अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिताका विजेताहरूको पनि घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ