नेपालगन्ज, २९ वैशाख । स–सानो पूँजी जम्मा गरी सदस्यहरु बीच परिचालन गर्ने सहकारीहरु गत चैत्र ११ गतेदेखि मुलुक कोरोना संक्रमणका कारण ठप्प रहेको छ । जसका कारण बैंक, वित्तीय संस्था र सहकारी नियमित रहेका छैनन् ।
कडाउनका कारण सहकारीले नियमित संकलन गर्ने दैनिक बचत ठप्प भएको छ । तर, बाँकेका सहकारीहरुले हप्तामा दुई पटक सहकारी सहकारी सञ्चालन गरेर बचतकर्ताहरुलार्ई रकम भुक्तानी गरिरहेका छन् ।
मानिसहरुले काम गर्न पाएका छैनन् । स–सानो रकम बचत गर्नेहरु झन् आर्थिक समस्यामा रहेका छन् । यस्तो अप्ठ्यारो बेला सहकारीहरुले बचतकर्तालाई आवश्यकता अनुसार बचत निकाल्ने सेवा प्रवाह गरिरहेका हुन् ।
बाँकेमा ४ सय ९ वटा सहकारी रहेका छन् । जसमध्ये ७८ वटाले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् । जसमा १ लाख ४३ हजार जना शेयर सदस्य रहेको जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले जानकारी दिए । लकडाउनका कारण दैनिक बचत संकलन र ऋणको असुली भने नराम्ररी प्रभावित भएको जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी बताउँछन् । ‘
तपाईको प्रतिक्रिया