दीपक चौधरीको ‘पूर्वी एसियाको आँखिझ्याल’ सार्वजनिक

समाचार

7/22/2021

काठमाडौं, ७ साउन । पूर्वी एसियाली मुलुकहरुको भ्रमणका दौरान अवलोकनबाट त्यहाँको आर्थिक–सामाजिक जनजीवन तथा विकासको चित्रण गरी लेखिएका लेखहरूको संकलन ‘पूर्वी एसियाको आँखिझ्याल’ काठमाण्डौंमा सार्वजनिक भएको छ ।

आइतबार साहित्यकार रामदयाल राकेश, लेखक दीपक चौधरी, निबन्धकार दीपक सापकोटा, र कवि निर्भीकजंग रायमाझीले पुस्तक सार्वजनिक गरेका हुन् ।

‘पूर्वी एसियाको आँखिझ्याल’ चौधरीले आफ्नो मलेसिया, सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्याण्ड र श्रीलंकाको यात्रालाई केन्द्रमा राखेर लेखेको पुस्तक हो ।

पुस्तक ‘नियात्रा’ र ‘विकास एक विवेचना’ गरी दुई अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्यायमा भ्रमणका देखेभोगेका तथा रोचक संस्मरणलाई पस्किएको छ, साथै ठाउँ ठाउँमा नेपालको मिल्दो परिवेशहरुको पनि चर्चा गरिएको छ ।

त्यसैगरी दोस्रो अध्यायमा विकासबारे केही सैद्दान्तिक पाटाको चर्चा गर्दे मेटा विश्लेषणको माध्यमबाट विकासको व्याख्या गरिएको छ । यस अध्यायमा मूलत ति देशका आर्थिक–सामाजिक अवस्थाको चित्रण गर्दै लेखिएका विश्लेषणात्मक लेखहरू समेटिएका छन् ।

साथै नेपालसँग तिनको तुलनात्मक विश्लेषण गरिएको छ । विकासलाई एतिहासिक रुपमा समेत हेर्ने प्रयास गरिएको छ भने सम्भावनाहरुका बारे समेत चर्चा गरिएको छ ।

विद्यावारिधि शोध–अध्ययन गरिरहेका लेखक चौधरीका राष्ट्रिय तथा अन्तरराष्ट्रिय जर्नलहरूमा अनुसन्धानमुलक लेखहरू प्रकाशित छन् ।

यसअघि उनका ‘नेपालको मधेशी समाज’, ‘तराई–मधेश अफ नेपाल ः एन्थ्रोपोलिजकल स्टडिज’, ‘देव समाज’ तथा ‘रुपान्तरण’ पुस्तक प्रकाशित भइसकेका छन् ।

३ सय ९९ रुपैयाँ मूल्य रहेको पुस्तक ‘इन्डिगो–इन्क’ले प्रकाशन गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ